कैलालीका थप एक जनामा कोरोना पुष्टि
धनगढी: पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका थप एक जनामा कोरोना संक्रमित थपिएका हुन।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ९१ जनाको कोरोना परीक्षण भएकोमा कैलालीको टीकापुर नगरपालिका ४३ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ।
बुधबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। उनका अनुसार डोटीको आर्दश गाउँपालिका –५ का १ पुरुष र १ महिलागरी २ जना, त्यसैगरी बैतडीको सुर्नया गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५७ पुगेको छ।