धनगढीमा थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३२ पुग्यो
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा थप तीनजनामा कोरोना पुष्टि भएको छ। धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का २७, २८ वर्षीय पुरुष र वडा नम्बर ८ का ४० वर्षीय पुरुषमा कोरोना देखिएको श्रेष्ठले बताए।
यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नम्वर १ का सात, २ का चार, ३ का पाँच, ४ का तीन जना, ५ मा १०, ६ का तीन र वडा नम्वर ७ का चार जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै वडा नम्वर ८ का ७ जना, ९ का १३, १० का तीन, ११ का ६, १२ का २६ जना, १३ का दुई, १४ का १२, १५ का ६, १६ का एक, १७ का एक, १८ का १२ र १९ का दुई जनामा संक्रमण पुष्टि भएको छ।
उनीहरु मध्ये २४ जना संक्रिय संक्रमित भएपनि अन्य निको भएर डिस्चार्ज भईसकेको स्वास्थ्य शाखाका सहायक कुम्भराज शर्माले बताए।