स्वास्थ्य मन्त्रालयकै चार कर्मचारीलाई कोरोना संक्रमण
२०७७ साउन २५, ०३:३८
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ।
शुक्रबार (सिसिएमसी) को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो। तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।
संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ।
कमेन्ट लोड गर्नुस