नेपाल बजार बिक्री प्रतिनिधि संघले डडेल्धुरा सदरमुकाममा डस्टविन राख्यो
२०७७ साउन २५, ०२:४१
धनगढी: डडेल्धुरा सदरमुकाममा डस्टविन अभावका कारण फोहोर व्यवस्थापनमा कठिनाइ भएपछि नेपाल बजार बिक्री प्रतिनिधि संघ डडेल्धुरा इकाई कमिटीले विभिन्न स्थानमा डस्टविन राखेको छ।
सदरमुकामको बगरकोट रोड, जिल्ला प्रहरी कार्यालय अगाडी, बसपार्क र बागबजार गरी चार स्थानमा डस्टविन राखेको संघका सदस्य शुनिल तामाङले बताए। यसले केही भएपनि फोहोर फाल्नेहरुलाई सहज हुने उनले बताए।
कमेन्ट लोड गर्नुस