सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढी ल्याउँदै गर्दा महिलाको मृत्यु

२०७७ साउन २५, ०७:३० खबर संवाददाता

धनगढीः डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएपछि अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिईन्।

तर डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए।

महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनको कोरोना परीक्षण गरिने भएको छ। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले मृतकको आज स्वाब संकलन गरेर परीक्षण गरिने जानकारी दिए।

ती महिला धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ। कोरोनाका कारण उनी डडेल्धुरा गएकी थिईन्। 

कमेन्ट लोड गर्नुस