सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रशासनले तोक्यो सवारी पास वितरण गर्ने समय

२०७७ साउन २४, ०३:३० खबर संवाददाता

धनगढी: कोरोना भाइरस(कोभिड –१९)का संक्रमण दर बढदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सवारी पासका लागि निवेदन दिने तथा पास वितरण गर्ने समय तोकेको छ। अब पास लिन चाहनेले प्रशासनले भनेअनुसारको समय तालिकामा सम्पर्क राख्न सक्ने भन्दै सूचना जारी गरिएको छ। 

सवारी पास लिने सेवाग्राहीको भिडभाड तथा समाजिक दुरी कायम नहुने अवस्था भएका कारण कार्यालयको सेवा प्रवाहमा कठिनाई र संक्रमण फैलिने सम्भावना रहेको भन्दै उक्त तालिका सार्वजनिक गरिएको प्रशासन कार्यालयले जनाएको छ।  

तालिका अनुसार आइतबारदेखि बिहिबारसम्म बिहान १० बजेदेखि १ बजेसम्म र शुक्रबार १० बजेदेखि १२ बजेसम्म सवारी पास लिन चाहनेले प्रशासन कार्यालयको मुल गेटमा निवेदन दिन सक्नेछन्। 

यस्तै सवारी पास वितरण भने आइतबारदेखि बिहिबारसम्म दिउँसो ३ः३० बजेदेखि ४ः४० सम्म र शुक्रबार दिउँसो २ बजेदेखि २ः५० सम्म उक्त मुल गेटबाटै हुने प्रशासनबाट जारी सूचनामा उल्लेख छ।  

कमेन्ट लोड गर्नुस