चार युवाद्वारा अजयमेरुका तीन बालबालिकालाई सहयोग
डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकामा मानसिक स्थिती नाजुक भएका एक दम्पतीका छोराछोरीलाई चार युवाले सहयोग गरेका छन्। गाउँपालिकाको वडा नम्बर १ खतेडा निवासी नारसिंह भण्डारीका दुई छोरा र एक छोरीलाई ती युवाहरुले लुगाकपडा र कापीकलम सहयोग गरेका हुन।
उनीहरुको घरमै गएर युवा भरत मल्ल, रतन ऐर, गोविन्द भट्ट र हरी भण्डारीले सहयोग गरेका हुन। आर्थिक अभाव तथा आमाबुवाको मानसिक स्थितीका कारण बालबालिकालाई समस्या भएको भन्दै सहयोग गरेको भरत मल्लले बताए।
‘आमाबुवाको मानसिक स्थिती नाजुक छ, जेठो छोरा पनि सुस्त मनस्थितीका रहेछन्’ मल्लले भने, ‘अहिले थोरै भएपनि सहयोग गरेका छौ। अब उनीहरुको बारेमा स्थानीय सहरकारसँग कुरा राख्ने छौ।’