सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मास्क नलगाउने २९४ जनालाई कारबाही

२०७७ साउन २२, ०४:४३ खबर संवाददाता

धनगढी: डडेल्धुरा प्रहरीले जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा मास्क नलगाएर हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको छ। 

हालसम्म जिल्ला सदरमुकाम बागबजार क्षेत्रबाट मास्क नलगाई हिँडडुल गर्ने २ सय ९४ जनालाई कारबाही गरेको प्रहरीले जनाएको छ। मास्कविना सदरमुकाम आउने र जथाभावी घुम्ने मानिसलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। 

उनीहरूलाई पहिलो पटक १ सय रुपैयाँका दरले जरिमाना गरी सम्झाइबुझाई गरी छोडिएको उनले बताए। कारवाहीमा परेकाहरुबाट हालसम्म २९ हजार ४ सय रुपैयाँ राजस्व सङ्कलन समेत गरिएको डीएसपी न्यौपानले बताए।  

यसका साथै कोरोना भाइरसबाट जोगिन आग्रह गर्दै प्रहरीले सचेतना समेत फैलाइरहेको छ। प्रहरीले जिल्ला सदरमुकाम क्षेत्रमा कोरोना रोग र यसबाट बच्ने उपायको विषयमा जानकारी दिन सूचनामूलक सन्देश प्रसारण गरिरहेको छ।

कमेन्ट लोड गर्नुस