सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ११ जना जुवाडे पक्राउ

२०७७ साउन १९, ०१:५९ खबर संवाददाता

बाजुरा: बाजुरा बाजुराको गौमुल गाउँपालिकाबाट ११ जना जुवाडे प्रक्राउ परेका छन। विशेष सूचनाको आधारमा गस्तीमा गएको टोलीले करिब ५१ हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याउन लागिएको प्रहरी निरीक्षक रोकायाले बताएका छन्। 

लकडाउका बेला सक्रिय भएका धेरै जुवाडेहरुलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस