डोटीको आर्दश गाउँपालिकामा ईलाका प्रहरी कार्यालय स्थापना
डोटीको आर्दश गाउँपालिकामा ईलाका प्रहरी कार्यालय स्थापना भएको छ । लामो समयदेखि प्रहरी चौकीको पहुँच भन्दा टाढा रहेको आर्दश गाउँपालिकामा क बर्गको प्रहरी कार्यलय स्थापना भएको हो । आर्दश गाउँपालिका भित्र पर्ने साविकका गाविसलाई ईलाका प्रहरी कार्यालय दिपायल र डौड प्रहरी चौकिले हेर्ने गरेको थियो । ईलाका प्रहरी कार्यालय स्थापना भएपछि त्यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था राम्रो हुुने डोटीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले बताए ।
प्रहरी र सामुदाय एक अर्काको परिपुरक भएकोले दुबैको आपसी समजदारी र सहयोग हुन आवश्यक रहेको डोटीका निमित्त प्रहरी प्रमुख डिएसपी लालबहादुर धामीले बताए । क बर्गको ईलाका प्रहरी कार्यालय स्थापना भएपछी प्रहरी निरिक्षक सहित ५२ जनाको दरबन्दी कायम रहने भएको छ । प्रहरी कार्यालय स्थापना भएपछि अपराध नियन्त्रणका लागि ठुलो भूमिका हुने र गाउँपालिका बासीलाई सुरक्षाको महसुस हुने आर्दश गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताए ।