सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिपुलेक नजिकै चीनले तैनाथ गर्‍यो 'बटालियन'

https://www.livehindustan.com/national/story-china-moves-pla-battalion-across-india-lipulekh-pass-nepal-also-claims-territory-3390023.html
https://www.livehindustan.com/national/story-china-moves-pla-battalion-across-india-lipulekh-pass-nepal-also-claims-territory-3390023.html
२०७७ साउन १८, ०१:२५ खबर संवाददाता

धनगढी: चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ। नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए) को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको छ। 

नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भारतीय भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरलाई जोड्ने सडक निर्माण गरेपछि सो क्षेत्र चर्चाको केन्द्रमा आएको छ। भारतले नेपालको गम्भीर आपत्तिका बाबजुद सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको हो।

कमेन्ट लोड गर्नुस