डडेल्धुरामा गाडी दुर्घटना
धनगढी: डडेल्धुरामा गाडीे दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिका– ५ स्थित रानीधारा नजिक भीरबाट बा१८च ९७३७ नम्बरको स्कापियो तल खसेको हो।
सडकबाट करिब २०० मिटर तल खसेको स्कारपियोमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा बैतडीको पाटन नगरपालिका –६ का २६ वर्षीय हिमाल विष्ट र अर्का एक जना रहेका छन्।
हिमालको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको भने चालक रहेका अर्का व्यक्ति सम्पर्कविहिन भएकाे स्थानीय शुनील तमाङले बताए।