कैलालीमा पूर्व सूचना प्रणाली प्रभावकारी हुँदा बाढीबाट हुने क्षती न्युनिकरणमा सहज
धनगढीः कैलालीमा पूर्व सूचना प्रणाली प्रभावकारी हुँदा प्राकृतिक प्रकोपबाट हुने क्षती न्यूनीकरणमा सहज भएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत पूर्व सूचना प्रवाह हुन थालेपछि वर्षातको समयमा आउने बाढीबाट हुने क्षती न्यूनिकरणमा सहज भएको हो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले आपतकालीन कार्य सञ्चालन केन्द्रले नदी तथा खोलामा पानीको सतह मापन गर्दै आएको बताए। उनले केन्द्रले वर्षातको समयमा सम्भावीत बाढीको पूर्वानुमान सोही अनुसार सूचना प्रवाह गर्दै आएको छ।
जिल्लामा जल तथा मौसमको समेत पूर्वानुमान गर्दै नदीहरुरुको जलस्तरको पनि मापन गरी पूर्व सूचना प्रवाह गर्ने काम गर्न थालेपछि प्राकृतिक प्रकोपबाट हुने क्षती न्यूूनिकरणमा सहज भएको उनले जानकारी दिए। कैलालीका ठुला तथा सााना नदीहरुमा जलस्तर मापन गर्दै सोेही अनुसारको सम्भावित जोखिम आकलन गरी आपतकालीन कार्य सञ्चालन केन्द्रले सूचना सम्प्रेषण गर्दै आएकोे छ।
सोही सूचनाका आधारमा तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन अपिल गर्ने तथा सुरक्षीत स्थानतर्फ सार्ने काम गर्ने गरेको उनले बताए। फिल्डमा खटिने कर्मचारीले पानीको सतह मापन गरी स्थानीय प्रशासनलाई सूचना दिने गरेको भएपनि कतिपय अवस्थामा पहाडी क्षेत्रमा हुने वर्षाको जानकारी नपाउँदा केही समस्या हुने गरेको दावी गरिदै आएको छ।
मंगलबार रातीदेखिको वर्षापछि जिल्लाको जोशीपुर र टीकापुर क्षेत्रमा भएको डुुबानकोे हकमा पनि त्यस्तै हुँँदा केही हदसम्मम चुकेको बताईएको छ। सूचना अधिकारी जोशीले मंगलबारको घटनाले पहाडी क्षेत्रमा हुने वर्षाको सन्र्दभमा समेत पूर्व सूचना प्रणाली अतिआवश्यक भएको महसुस गराएको बताए।
जिल्ला प्रशासन कार्यालयले स्थापना गरेको आपतकालीन कार्य सञञ्चालन केन्दकैै सहययोगमा प्राकृतिक प्रकोपबाट हुने क्षती न्यूनीकरण मात्र नभएर राहत तथा उद्दारमा काममा समेत सहज भएको जनाएको छ।
अहिले देखिएका केही कमीकमजोरी सुधार गर्दै त्यसलाई थप व्यवस्थित गर्दै लैजाने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी बताउँछन्। उनले फिल्डमा खटिएका कर्मचारीलाई समेत प्रोत्साहनका कार्यक्रम ल्याउने जनाए।