दार्चुलामा पहिरोमा बेपत्ता भएका दम्पतीको शव भेटियो
दार्चुला: दार्चुलामा पहिरोले घर पुरिदा बेपत्ता भएका दम्पतीको शव भेटिएको छ। जिल्लाको दुहु गाउँपालिका–३ सल्लेखेतीमा पहिरोले पुरिदा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी बेपत्ता भएका थिए।
दुवैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
मंगलबार विहान ५ वजे घरमाथिबाट आएको पहिरोले घर पुरीदा जोशी दम्पती बेपत्ता भएका थिए। पहिरोमा १ भैंसी र ४ बाख्रा पनि पुरिएको जानकारी प्राप्त भएको छ।