सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनपरी भाडा असुलेको भन्दै नेविसंघ डडेल्धुराद्वारा पोखरासम्म मोटरसाइकल र्‍याली

२०७७ साउन १३, ०४:०२ खबर संवाददाता

धनगढी: नेपाल विद्यार्थी संघ डडेल्धुराले यातायात व्यवसायीले मनपरी भाडा असुलेका भन्दै प्रदर्शन गरिरहेको छ। त्यसैक्रममा मंगलबार नेविसंघले मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ।

लकडाउन खुकुलो भएसँगै संचालन गरिएका सवारीले मनपरी भाडा असुल गरिरहेकोले भाडादर घटाउनुपर्ने भन्दै सदरमुकामको स्याउले बजारबाट पोखरा बजारसम्म र्‍याली आयोजना गरेको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरले बताए।

सरकारले सार्वजनिक तथा अन्य यात्रुवाहक सवारी साधनले क्षमताभन्दा आधा यात्रु बोकी भाडादर पचास प्रतिशतसम्म बढाउन सक्ने निर्णय गरेको भएपनि सवारी साधनमा क्षमता अनुसार कै यात्रु बोकिहेको तर भाडा मात्रै दोब्बर लिने गरेको आरोप नेविसंघको छ। 

डडेल्धुरामा चल्ने सार्वजनिक यातायातले पुरानै मापदण्ड अनुसार भाडादर कायम गर्नुपर्ने र सोही अनुसार गाडी संचालनमा आउनुपर्ने यस्तै भाडादर मापदण्ड अनुसार नलिई गाडी मालिक तथा चालकको मनपरी जारी रहेमा नेविसंघले पनि विरोधका कार्यक्रम जारी राख्ने सभापति जगत ऐरले बताए।

यसअघि गत बुधबार नेविसंघ डडेल्धुराले जिल्ला सदरमुकाममा प्रदर्शन गरेको थियो। 

कमेन्ट लोड गर्नुस