सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका स्वास्थ्य संस्था स्थानीयतहलाई हस्तान्तरण

२०७४ चैत्र ३, ०७:५७

अछामका सबै स्वास्थ्य सस्था स्थानीयतहलाई हस्तान्तरण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कँवरमार्फत सबै स्वास्थ्य सस्था स्थानीय तहलाई हस्तान्त्रण गरेको हो।
जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले शुक्रवारदेखि स्वास्थ्य सस्थाहरु जिल्ला स्वास्थ्य कार्यालयको नरहेर औपचारिक रुपमा स्थानीय तहको मातहतमा रहेको घोषणा गर्नुभयो।

समन्वय समितिका संयोजक कुँवरले १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई स्वास्थ्य संस्था हस्तान्त्रण गर्नुभएको छ।
स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्र्ने विषयगत कार्यालय मध्ये स्वास्थ्य कार्यालयले पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्त्रण गरेको हो।

कमेन्ट लोड गर्नुस