बोलन्या थलीको दार्चुला यूनिट गठन
दार्चुला: दार्चुलामा बोलन्या थलीको यूनिट गठन भएको छ। गणेश सिंह धामीको नेतृत्वमा ३१ सदस्यीय टिम गठन भएको हो।
जिल्लाको पनेबाजमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादव जोशीले सम्पूर्ण १६–६० उमेर समुहका अभियन्ताहरुलाई स्वागत तथा सपथ गराएका छन्।
पश्चिम सेती जलविद्युत निर्माणका लागी बृहत आन्दोलन गर्ने, राज्यले दार्चुलालाई गरेको नजरअन्दाज विरुद्ध र आर्थिक–सामाजिक जागरणका लागि कडा आन्दोलन गर्ने नवगठित टीमले निर्णय गरेको छ।