सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले मुद्दा दर्ता नगरि दिएको गुनासो

२०७५ साउन ९, ०९:१५

केहि दिन अगाडी खप्तड छान्ना गाँउपालीकाको पाटादेवलमा भएको कुटुपिटको घटनाका पिडित भवन खड्काले आफुलाई कुटपिट गर्नेहरुका विरुद्ध दिएको उजुरी हाल सम्म प्रहरीले दर्ता नगरि दिएको गुनासो गरेका छन्। चार दिन अगाडी घाईते भवन लाई जिल्ला अस्पतालमा उपचार गर्न ल्याएको थियो भने त्यहाँ उपचार नभएपछि उनलाई धनगढी रिफर गरेको छ। उनको टाउकोमा खुकुरीको ठुलो चोट लागेको हुदाँ त्यहाँ निको नहुने भएर रिफर गर्नु परेको जिल्ला अस्पतालले जनाएको छ।  केहि दिन अगाडी छान्नाको बयानामा एकै परिवारका ३ सहित ४ जनाको पहिरोमा पुरिएर मृत्यु भएपछि उनिहरुको दाहसंकारका लागी घाईते भुवनको टोली घरतिर आई रहदाँ बाटोमा एकाएक उनिमाथी आक्रमण भएको थियो। आक्रमण गर्नेहरु स्थानिय नरेन्द्र खड्का सहित उनका भाइहरु ज्ञानेन्द्र खड्का, धुर्व खड्का पनि कुटपिटमा संलग्न रहेको वताईएको छ। 
 

कमेन्ट लोड गर्नुस