सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोमा परी दार्चुलामा एक बालक बेपत्ता

२०७७ साउन ९, ०६:१२ खबर संवाददाता

दार्चुला: पहिरोमा परी दार्चुलामा एक बालक बेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँमा पहिरो जाँदा नौगाड गाउँपालिका वडा नम्बर २ तल्लो सुण्डमुण्डका ६ वर्षीय बालक बेपत्ता भएका हुन।

शुक्रबार दिउँसो सदरमुकाम खलंगाबाट घर जाँदै गरेका धनबहादुर ठगुन्नाका ६ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएको घटनास्थलबाट गजेन्द्र ठगुन्नाले जानकारी दिए। 

जेनिससँगै रहेका नौगाड गाउँपालिकाकै संगीता ठगुन्ना, बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको उनले बताए। 

अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्ट नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
 

कमेन्ट लोड गर्नुस