सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका एक प्रहरी जवानको मृत्यु

२०७७ साउन ९, ०३:३३ खबर संवाददाता

धनगढी: दार्चुलामा एक प्रहरी जवानको घरमै मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका –नम्बर सर्मोली तोली घर भइ हाल डोटीमा कार्यरत ३३ वर्षीय सोबान सिह साउदको बिहिबार राति मृत्यु भएको हो। 

घर गएका बेला एक्कासी साउदको निधन भएको स्थानीय दिपक साउदले बताए। मृतक साउदका आफन्तहरुका अनुसार उनी पहिलेदेखि नै एपेन्डीसाइटका बिरामी रहेका थिए। 

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ।

कमेन्ट लोड गर्नुस