सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साउने झरीमै ६ लेन सडक कालोपत्रे हुँदै

२०७७ साउन ९, ०९:५८ खबर संवाददाता

धनगढी : मोहनापुल–अत्तरिया ६ लेन सडकको धनगढी खण्ड साउने झरीमै कालोपत्रे गर्न थालिएको छ। ६ लेन सडक अन्तरगत पहिलो प्याकेजमा नागार्जुन निर्माण सेवाले बर्षा भईरहेकै समयमा कालोपत्रे गरिरहेको हो।

शुक्रवार विहानैदेखि बर्षा भईरहेपनि नागार्जुन निर्माण सेवाले माया मेट्रो अस्पताल अगाडि कालोपत्रेको कार्यलाई जारी राखेको छ। 

नागार्जुन निर्माण सेवाका सञ्चालक इश्वरी भट्टले बिहान मौसम ठिकै भएको र कालोपत्रेको तयारी गर्दा एक्कासी पानी आएको बताए। 

मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले कालोपत्रेको तयारीमा रहेका बेला पानी परेको बताए। उनले भने, ‘बिहान कालोपत्रेका लागि तयारी गरिएको होला। त्यसपछि पानी परेको होला।’

तीन प्याकेजमा निर्माण भईरहेकोमा पहिलो प्याकेजको निर्माण अवधी मंसिर ६ गते तथा दोस्रो प्याकेजको निर्माण अवधी माघ १५ गते सकिने छ। ठेक्का सम्झौता अनुसार निर्माण सम्पन्न नभएपछि सडक निर्माणका लागि दुई पटक सम्म निर्माण अवधी थपिएको छ।

कमेन्ट लोड गर्नुस