सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिग क्याट युवा क्लबद्धारा धनगढीमा वृक्षारोपण

२०७७ साउन ८, ०८:५९ खबर संवाददाता

धनगढी :धनगढीमा वृक्षारोपण गरिएको छ।

धनगढीका युवाहरुको सक्रियतामा उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा वृक्षारोपण गरिएको हो।

बिग क्याट युवा क्लब धनगढीका अध्यक्ष किशोर जोशीले स्थानीय जनप्रतिनिधि, ज्येष्ठ नागरिक, प्रहरी र युवाहरुको सक्रियतामा टोल सरसफाई र वृक्षारोपण गरिएको बताए।

उनका अनुसार क्लबले विभिन्न जातका बिरुवा सडक छेउछाउमा रोपेको हो। डिभिजन वन कार्यालय धनगढीको नर्सरीबाट लगेर विभिन्न प्रजातीका झण्डै पाँच सय विरुवा रोपिएको जोशीले बताए। 
  

 

कमेन्ट लोड गर्नुस