सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक दूरी कायम गर्दै गुरही पर्व मनाउन सखी सञ्जाल कैलालीको अनुरोध

२०७७ साउन ७, ०५:४३ खबर संवाददाता

धनगढी: यहि साउन १० गते शनिबार गुरही पर्व (नाग पञ्चमी) परेको  छ। सोही पर्वलाई सामाजिक दूरी कायम गरी मनाउन सखी सञ्जाल कैलालीले अनुरोध गरेको छ। 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को भयाभह अवस्थालाई मध्यनजर गर्दै सखी संजालले यस वर्ष सामाजिक दूरी कायम गरेर, भिड्भाड नगरी आआफ्नै गाउँ घरको चोक चोकमा मनाउन अनुरोध गरेको हो।

सखी सञ्जाल लगायत विभिन्न संघ संस्थाको धनगढीमा बसेको बैठकले ‘आफू बचौं र अरु लाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहांै’ भन्ने भाव सहित सुरक्षित ढंगले गुरही मनाउन बुधबार एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो।
सञ्जालकी कार्यबाहक संयोजक उन्नती चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा (कोभिड–१९) को भयाभह अवस्थालाई मध्यनजर गर्दै यसवर्ष सामाजिक दूरी कायम गरेर, भिड्भाड नगरी आआफ्नै गाउँ घरको चोक चोकमा गुरही मनाउन उल्लेख गरिएको छ।  

वर्षात सकिएपश्चात् किसानले उब्जाएको अन्न बालीमा किरा फट्याङ्रग्रा नलागोस र सबै दिदीबहिनीहरु स्वास्थ्य लाभ होस भनि कामनासहित थारु समुदायमा यो पर्व मनाउने गरिन्छ। यस पर्वमा गाउँको चोकमा महिला दिदिबहिनिहरुले गुरही सेलाउने र पुरुष दाजुभाईहरुले गुरहीलाई पितेर भगाउने चलन रहेको छ। यसले धान बालीमा लागेका किराहरु नाश भैइ बाली सप्रने जनविश्वास रहेको छ। थारु समुदायको यो पहिलो पर्व हो। 

यता धनगढी उपमहानगरपालिका वडा नम्बर ८ गुरही चौक(क्याम्पस रोड)मा विगत एक दशकदेखि सामूहिक रुपमा भव्यताका साथ गुरही पर्व मनाउँदै आएको छ। तर (कोभिड–१९) को भयाभह अवस्थालाई मध्यनजर गर्दै वर्ष धनगढीमा पनि सामाजिक दूरी कायम गरेर, भिड्भाड नगरी आआफ्नो गाउँ घर टोल समुदायमा मनाउन पनि सबैमा अनुरोध गरेको हो।

कमेन्ट लोड गर्नुस