सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त राजमार्गमा जीप र ट्याक्टरले मोटरसाइकल ठोके, दुईजना घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ साउन ७, ०४:१८ खबर संवाददाता

धनगढी: भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको भातकाँडामा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

बुधबार दिउँसो २ बजेतिर धनगढीबाट बझाङतर्फ जाँदै गरेको से१ज १०२१ नम्बरको जीप र डडेल्धुरादेखि धनगढीतर्फ जाँदै गरेको से२त २२७८ नम्बरको ट्याक्टरले डडेल्धुरादेखि धनगढीतर्फ जाँदै गरेको से१प ७१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन। 

दुर्घटनामा दुवै सवारीको बिचमा परी मोटरसाइकल चालक बैतडीको पाटन नगरपालिका– १० का अन्दाजी ३५ वर्षीय लक्ष्मण चन्द र मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी ३४ ३५ वर्षीय रमेश चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र सवारी तथा सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। 

 

कमेन्ट लोड गर्नुस