सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा

२०७७ साउन ७, ०४:१० खबर संवाददाता

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा हानेको छ। गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको समाचार सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हानेको हो।

अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको बताए। अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ। 

नयाँ आव २०७७÷०७८ शुरु भइसके पनि कानून विपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको थियो।

नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका थिए। 

कमेन्ट लोड गर्नुस