सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पोखराबाट आएकी युवतीमा कोरोना पुष्टि, संगै आएका दाईमा देखिएन संक्रमण

फाईल फोटो
फाईल फोटो
२०७७ साउन ७, ०३:४९ खबर संवाददाता

धनगढी : धनगढीमा पोखराबाट आएकी एक युवतीमा कोरोना पुष्टि भएको छ। कास्कीको पोखराबाट धनगढी उप–महानगरपालिका वडा नम्वर १९ मा आएकी १८ बर्षीया युवतीमा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढीको प्रयोगशालामा भएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको जानकारी दिए। पोखराबाट संगै आएका संक्रमित युवतीका दाईमा भने संक्रमण देखिएको छैन्।

‘पोखरामा त हामी सुरक्षित नै थियौँ,’ संक्रमितका दाईले भने, ‘गाडीमा आउँदा कोरोना स¥यो कि भन्ने आशंका लागेको छ।’

यस्तै भारतबाट फर्किएका धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का ५३ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ६ पुगेको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मिराज उपाध्यायले बताए। 
 

कमेन्ट लोड गर्नुस