कैलालीमा उपमेयरको गाडीमा आगजनी गर्नेलाई कारवाहीको माग
धनगढी: कैलालीको घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी र अर्को एक गाडीमा आगजनी गरिएको घटनाप्रति नगरपालिकाले आपत्ति जनाएको छ। मंगरबार विज्ञप्ति जारी गर्दै नगरपालिकाले सरकारी गाडी आगजनीमा संलग्नलाई कारवाहीको माग गरेको छ।
सोमबार राति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहको निवासको कम्पाउण्टभित्र पार्किङ गरी राखिएको से१झ २४१ र से१झ ३३५ नम्बरको स्कारपियोमा अज्ञात समूहले आगजनी गरेपछि आगजनीमा संलग्नहरुको खोजी गरी कारवाही गर्न नगरपालिकाले प्रहरी प्रशासनसँग माग गरेको हो।