सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिपी स्मृती दिवसको अवसरमा कांग्रेस डडेल्धुराद्वारा बिरामीलाई फलफुल वितरण

२०७७ साउन ६, ०१:५२ खबर संवाददाता

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले डडेल्धुरा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसको अवसरमा फुलफुल वितरण कार्यक्रमको आयोजना गरेको हो। 

दिवसको अवसरमा कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टको नेतृत्वमा बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गरी डडेल्धुरा अस्पतालका ३९ जना बिरामीलाई फलफुल वितरण गरेको कार्यालय सचिव राम विष्टले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस