अनि क्षणभरमै धनगढीको मुख्य सडक भयो जलमग्न
धनगढी : आईतवार बिहान ११ बजे धनगढीका विभिन्न ठाउँमा सामान्य बर्षा भयो। उप–महानगरपालिका भित्रै पनि केही ठाउँमा पानी परेको थियो त केही ठाउँमा सामान्य बर्षा समेत भएको थिएन्।
राति ८ बजे धनगढीका अधिकासं ठाउँमा बर्षा भयो। साउनको झरीले धनगढीको मुख्य सडक जलमग्न भयो। मुख्य सडकमै कतिपय स्थानमा त एक फिटभन्दा बढि पानी जमेको थियो।
रातिको पानीले धनगढीका विभिन्न क्षेत्रमा डुवान समेत भयो। धनगढी उप–महानगरपालिकामा खोलानालामाथिको अतिक्रमण बढेपछि डुवानको समस्या झनै बढेको हो। सरकारी निकायकै संरक्षणमा धनगढीका अधिकासं खोला अतिक्रमणको चपेटामा परेका छन्।