डडेल्धुरामा दुई गाडी ठोक्किए
धनगढी: डडेल्धुरामा दुई गाडी एकआपसमा ठोक्किएका छन्। डडेल्धुराको भीमदत्तराजमार्ग अन्तरगत पोखरा बजार नजिक सुदूरपश्चिम प्रदेश ०१च२६४५ नम्बरको स्कारपियो र से१क१०२० नम्बरको मिनि ट्रक एकआपसमा ठोक्किएका हुन।
दुर्घटनामा गाडीमा सामान्य क्षति पुगेको र सबै यात्रु सकुशल रहेको प्रत्यक्षदर्शी गणेश थापा मगरले जानकारी दिए। स्कारपियो डडेल्धुराबाट बैतडीतर्फ र मिनी ट्रक बैतडीबा डडेल्धुरातर्फ गइरहेको उनले बताए। अहिले दुर्घटनास्थलमा प्रहरीलाई बोलाउने तयारी भइरहेको छ।