एनआईसी एशिया बैंकद्वारा सुपर चमत्कारिक कर्जा सार्वजनिक
धनगढी: एनआईसी एसिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ। बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख टेकराज भट्टले यी योजनाहरुबाट ग्राहकहरुले बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा कर्जा लिनसक्ने बताएका छन्।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन्।
न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको उनले बताए। जस अन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको शर्माले जानकारी दिए।