सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला

२०७७ साउन ४, ०५:०६ खबर संवाददाता

धनगढी: कैलालीमा क्वारिन्टिनबाट भागेका एकजना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको हरिनगरमा सोही ठाउँका स्थानीय अन्दाजी ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेका हुन्। 

उनी यही साउनको एक गते मात्रै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। उनका अनुसार मृत फेला परेका आउजी गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वरिन्टिनमा बस्दै आएका थिए। तर उनी आइतबार  बिहानै क्वारेन्टिनबाट भागेका थिए। 

अहिले प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस