सुदूर नेपाललाई विश्वसँग जोड्दै

नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध

२०७५ साउन ८, ०४:४१

बाजुराको बडिमालिका नगरपालिका–८ स्थित त्रिवेणी साना जलविद्युत् केन्द्रको सोमबार राति आएको अविरल वर्षाका कारण नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध बनेको छ। त्रिवेणी सहकारीद्वारा सञ्चालन हँुदै आएको उक्त जलविद्युत् केन्द्रको पटक पटक नहर तथा पहिरो पुरिन थालेपछि जिल्लावासी अँध्यारोमा बस्न बाध्य भएका छन्। राति ९ः०० बजेको वर्षाका कारण नहरको तलपट्टिबाट पहिरो आएपछि नहर भत्केको त्रिवेणी साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए। विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम एवं सेवाग्राही मारमा परेका छन्। विद्युत्को नहर भत्किने, यन्त्रमा खराबी आउने जस्ता समस्या भए पनि सहकारीले कुनै चासो नदेखाएको विद्युत् सेवाग्राहीले गुनासो गरेका छन्। विद्युत्को नहरमा पाइप प्रयोग गरेर बेलुकीसम्म विद्युुत् सेवा पुनः सञ्चालन हुने जलविद्युत् केन्द्रका व्यवस्थापक पण्डितको भनाइ छ। नहर निर्माणका लागि कर्मचारीले काम गरिरहेकाले आज बेलुकीसम्म विद्युत् आउने सम्भावना रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस