सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘ग्याङ’ फाइट हुँदा घाइते भएका दुई युवक काठमाडौँ रेफर

राजपुर चोक
राजपुर चोक
२०७७ साउन ३, ०२:२७ खबर संवाददाता

धनगढी : धनगढीमा ‘ग्याङ’ फाइट हुँदा घाइते भएका दुई जना युवकलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुरमा धारिलो हतियार प्रहार गरी घाईते भएका दुई जनालाई उपचारको लागि काठमाडौँ लगिएको हो।

वडा नम्वर १३ का २३ बर्षीय निरज भट्ट र वडा नम्वर ६ का २२ बर्षीय गणेश धामीलाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

उनले दुबै जनाको अवस्था भने खतरामुक्त रहेको बताए। यसअघि उनीहरुको धनगढीकै निसर्ग अस्पतालमा उपचार भईरहेको थियो। गएराति धनगढीको राजपुरमा दुई समूहबिच ‘ग्याङ’ फाइट भएको थियो। 

खुकुरी प्रहार गर्ने  वडा नम्वर ३ का २२ वर्षीय सन्नी नेपाली र धनगढी उप–महानगरपालिका २ का २२ वर्षकै दिपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। व्डा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक हेमराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुई जनालाई गएराति नै पक्राउ गरेको थियो। युवाहरुको दुई समूहबिच यसअघि पनि झडप हुँदै आएको थियो।
 

कमेन्ट लोड गर्नुस