सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकी गाउँपालिकाकी उपाध्यक्षले एक लाख बुझेकी होइनन्ः महालेखा परीक्षक

२०७७ साउन ३, ०१:३९ खबर संवाददाता

धनगढी: महालेखा परीक्षकको कार्यालयले कैलालीको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोेले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे बापत एक लाख रुपैयाँ पारिश्रमिक नलिएको जनाएको छ। 

यसअघि वार्षीक प्रतिवेदनमा भएकाे त्रुटीका कारण अन्य स्थानीय तहको नाम उल्लेख हनुपर्नेमा जानकी गाउँपालिकाको नाम पर्न गएकोमा सच्याएको महालेखा परीक्षकले जनाएको छ। 

शुक्रबार महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता नेत्र प्रसाद पौडेलले भुलवश कैलालीको जानकी गाउँपालिकाको नाम पर्न गएकोमा सच्याइएको ब्यहोराको पत्र गाउँपालिकालाई पठाएका छन्।

 

कमेन्ट लोड गर्नुस