सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंङ्कले कृषिमा अनिवार्य १५ प्रतिशत लगानी गर्नुपर्ने

२०७७ साउन २, ०५:२० खबर संवाददाता

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्थालाई थप कडाइ गर्ने भएको छ।

आर्थिक वर्ष २०७७÷७८ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैँकले कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जामा थप कडाइ गर्ने जनाएको हो।

नीति अनुसार  अब बैङ्कहरूले २०८० सालको असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने भएको छ। यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको थियो।

तर अधिकांश बैँकले १० प्रतिशत लगानी समेत गर्न नसकेका बेला बृद्धि गरी १५ पुगाईएको हो। 
 

कमेन्ट लोड गर्नुस