बैंकका सीईओको तलब र सञ्चालकको भत्ता पनि कटौति गरिने
२०७७ साउन २, ०५:०९
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलव सुविधाबरे पुनरावलोकन गरिने जनाएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति अनुसार बैंकका सीईओको तलब तथा सञ्चालकहरुको बैठक भत्ता समेत कटौती गरिने भएको हो।
राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९का कारण सीईओको तलब तथा सञ्चालकहरुको बैठक भत्तामा पुनरावलोकन हुने जानकारी दिएका छन्।
कमेन्ट लोड गर्नुस