कोभिड अन्त्य नभएसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने
काठमाडौंः विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमण रहेसम्म एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७÷७८ मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड अन्त्य नभए सम्मका लागि शुल्क नलाग्ने बताएका हुन्।
गत चैत ७ गतेदेखि असार मसान्तसम्म एक बैँकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्दैन्थ्यो। तर साउन लागेसँगै पुनः शुल्क लाग्न थालेको छ।
नेपाल राष्ट्र बैंकले कोभिडको असर कायमै रहेपछि उक्त व्यवस्थालाई बढाउने जनाएको हो।