सुदूर नेपाललाई विश्वसँग जोड्दै

'डडेल्धुरा कांग्रेसमा गुटबन्दीको अन्त्य नभएसम्म जागरण अभियान जारी रहने'

२०७७ साउन १, ०६:४२

टेकराज अवस्थी, डडेल्धुरा:  नेपाली कांग्रेस डडेल्धुराभित्र मौलाइरहेको गुटबन्दी विरुद्ध संचालन भइरहेको जागरण अभियान पुनः गतिशिल भएको छ। 

पार्टीभित्रको गुटले सर्वसाधारण जनता र कद्धिबद्ध कार्यकर्तामाथि अघात पुगेको भन्दै नौ महिना अघिदेखि सुरु भएको पार्टी सुदृढिकरण अभियान अन्र्तगत जिल्लाका विभिन्न स्थनीय तहस्तरिय कार्यक्रम संचालन भएका थिए।  तर कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण नियमित हुन नसकेको जागरण अभियान आसन्न जिल्ला अविधेशन तथा राष्ट्रिय महाधिवेशनमा लक्षित भई जिल्लाको कांग्रेस राजनीतिलाई सुद्धिकरण तथा बलियो बनाउन व्यापक छलफल गरी अगाडी बढ्न सुझाव संकलन गरिएको छ। 

बिहिबार पूर्व महाधिवशन प्रतिनिधि, अमरगढी नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाली कांग्रेस डडेल्धुराका वरिष्ठ नेता मोहनराज पाठकको अध्यक्षतामा बसेको अन्तरक्रिया बैठकले जनताको सबैभन्दा ठूलो विश्वास आस्था र सर्मपण रहेको लोकतान्त्रिक पार्टीलाई व्यक्ति स्वार्थमा केन्द्रीतगरी पार्टी तहसनहश गरेकोले गुटबन्दीका नेताहरुलाई मूलधारमा ल्याउन अभियान आवश्यक रहेको निष्कर्श निकालेका छन्। 

छलफलका सहभागिले जिल्लाको कांग्रेस राजनीति बिगार्नमा यस जिल्लाका जनप्रतिनिधि, जिल्लाको नेतृत्व गर्ने नेताहरु दोषी भएको ठहर पनि गरेका छन्। उनले आफू निर्वाचन जित्न वा आफ्नो दुनो सोझ्याउन कसैलाई बाल्टीभरी दूध दिने कसैलाई लात्ती हान्ने प्रवृति पटकपटक हुँदै आएकोले यसबाट पर्न गएको ठूलो पिडा व्यहोर्नुपरेको स्मरण गर्दै अभिभावककै कारण जिल्लामा कांग्रेस प्रतिको बितृष्णा फैलिएको बताएका छन्। 

बैठकबाट जिल्लाबासीका समस्या समाधान वा जनताका काम रत्तिभर नगर्ने, कान भर्ने र पार्टी कब्जा गरेर बस्ने प्रबृतिका दुई प्रकारका गुटको प्रभाब हाबी हुँदै गएकोले आसन्न जिल्ला अविधेशनका लागि चनाखो भएर पार्टीको साख बचाउन आग्रह पनि गरिएको छ।  

गुटबन्दीको विरुद्धमा उत्रिएका डडेल्धुराका सक्रिय नेता कार्यकर्ता, पूर्व शिक्षकहरु, विभिन्न संगठन आबद्ध व्यत्तित्वहरु र सञ्चारकर्मीसहितको उपस्थितिमा सम्पन्न भएको बैठकमा डडेल्धुराको एउटै नेतामाथि दुई चरम गुटबन्दीको नेतृत्वलाई स्वीकार्न नसक्ने अवस्था सिर्जना भएकोले अधिधेशन केन्द्रित राजनीति र गतिबिधिको बिरुद्धमा संघर्ष गर्ने, बिरोध गर्ने र नेपाली कांग्रेसलाई साबिक जनताको पार्टी बनाउन आ–आफ्नो तर्फबाट सशक्त भुमिका निर्वाह गर्ने लगायत जनतालाईपनि काँग्रेस जागरणमय बनाउने घोषणा गरिएको छ।  

    

 

कमेन्ट लोड गर्नुस