सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा क्षेत्रिय सहरी विकास आयोजनाको १६ किलोमिटर सडक कालोपत्रे गर्न सम्झौता

२०७७ साउन १, ०६:०३ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरीमा लागु भएको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने १६ किलोमिटरको ठेक्का सम्झौता गरिएको छ।

४८ करोड बढि लागतमा निर्माण हुने १६ किलोमिटर सडक दुई वर्ष भित्र कालोपत्रे गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ र कालिका कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको हो।

सम्झौता अनुसार क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत गेटा आँखा अस्पतालदेखी लालपुर चोक सम्म ९५ दशमलब ३ किलोमिटर, गेटा आँखा अस्पतालदेखी जोनापुर जोडन् ९५ दशमलब ५ किलोमिटर, लालपुर चोकदेखी गौडी सडक, राजमार्गदेखी कत्था फ्याक्ट्री सम्मको सडक, अत्तरिया बसपार्कदेखी नमस्ते होटेल जाने सडक, चौकीडांडा देखी चाक्ले खोला जाने सकड कालोपत्रे हुनेछ। 
 

कमेन्ट लोड गर्नुस