सुनको भाउ घट्यो
२०७७ साउन १, १२:५०
बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ। आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो
चाँदीको भाउ भने आज घटबढ भएको छैन। चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।
कमेन्ट लोड गर्नुस