सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा मानव सेवा आश्रमलाई सहयोग

२०७७ असार २९, १२:५५ खबर संवाददाता

धनगढी : कैलालीको चौमालाका लोकेन्द्र विनाडीले आफ्नो जन्मदिनको अवसरमा धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।

धनगढी तारानगरमा रहेको मावन सेवा आश्रमलाई विनाडीले जन्मदिनको अवसरमा सात हजार एक रुपैँया सहयोग गरेका हुन्।

उक्त सहयोग रकम सुदूरपश्चिम समाज दक्षिण कोरियाका वर्तमान कोषध्यक्ष डिल्लीराज पनेरु मार्फत हस्तान्तरण गरिएको मावन सेवा आश्रमले जनाएको छ।

कमेन्ट लोड गर्नुस