सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको एम्बुलेन्स प्रकरणः प्रतिवेदन माथिको बैठकमा कोरम पुगेन

२०७७ असार २८, ०९:२२ खबर संवाददाता

धनगढी- सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिको आईतबारको बैठक कोराम नपुगेर स्थगित भएको छ।

प्रदेश सरकारले खरिद गरेको एम्बुलेन्समा बद्मासी भएको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिएकोमा लेखा समितिले आईतबार बिहान ११ बजे बैठक बोलाएको थियो। बैठकमा सात जना सदस्य अनुपस्थित भएका सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले जानकारी दिईन्। बैठकमा सदस्यहरु कर्ण मल्ल, भरत खड्का, बलबहादुर सोडारी, देवकी मल्ल, अमर साउँद, अर्चना गहतराज र चुनकुमारी चौधरी अनुपस्थित भएका हुन्।

सभापति  कुमारी नन्दा बम, मानहादुर धामी, मनाकुमारी साउँद र बलदेव रेग्मी मात्रै आईतबारको बैठकमा उपस्थित भएका थिए। चार जना सदस्यहरु मात्रै उपस्थित भएपछि वैठक बस्न नसकेको सार्वजनिक लेखा समितिकी संयोजक कुमारी नन्दा बमले बताईन्।

 

कमेन्ट लोड गर्नुस