सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि

२०७७ असार २८, ०४:३० खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज ६ जनामा कोरोना भाईरसको संक्रण पुष्टि भएको छ।

धनगढी र डडेल्धुरामा गरिएको परीक्षणका क्रममा चार जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका दुई जना र बझाङका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यस्तै धनगढी प्रयोगशालामा कैलाली र दार्चुलाका तीन जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको मोहन्याल गाउँपालिका ३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष, दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए।   

कमेन्ट लोड गर्नुस