सुदूरपश्चिममा बैङ्कका कर्मचारीमा पनि देखियो कोरोना
धनगढी : सुदूरपश्चिममा बैङ्कका कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। अछामको चौरपाटी गाउँपालिकामा रहेको सेन्चुरी बैङ्कमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो।
बैङ्कमा कार्यरत चौरपाटी गाँउपालीका ५ का स्थानीयमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर थापाले दिनेश खवरलाई जानकारी दिए।
कर्मचारीमा कोरोना देखिएपछि उक्त बैङ्क सील गरिएको बताउँदै उनले भने, ‘संक्रमितमको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु भएको छ।
स्वाब संकलन गरेर परीक्षणका लागि पठाउछौ।’