वैवाहिक वर्षगाँठको अवसरमा मानवसेवा आश्रमलाई सहयोग
२०७७ असार २१, ०६:२४
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने धनगढी होलसेल व्यवसायी संघका अध्यक्ष तिलक चन्द खतिवडाले मानवसेवा आश्रमलाई दिवा खाजा सहयोग गरेका छन्।
आइतबार आफ्नो २५औँ वैवाहिक वर्षगाँठको अवसरमा मानवसेवा आश्रमलाई उनले सहयोग गरेका हुन।
उद्योग वाणिज्य संघ कैलालीको कार्यसमिति सदस्य समेत रहेका उनले आश्रममै पुगेर सहयोग स्वरुप केरा, जेरी तथा दहि सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस