रहेनन् खड्का, डोटीमा करेन्ट लागेर घाईते भएको १८ दिनपछि मुत्यु
गएको असार १९ गते डोटीमा करेन्ट लागि गम्भीर घाइते भएका नारायण खडकाको काठमाडौ स्थित किर्तिपुर अस्पतालमा आज उपचारका क्रममा मुत्यु भएको छ । आदर्श गाउँपालिका वाड नम्वर १ चाँसीका खड्काको आज मृत्यु भएको हो । १९ गते घर नजिकै विद्युतको पोल स्थानान्तरण गर्ने क्रममा करेन्ट लाग्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नारायणको दुवै हातखुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो ।
उपचारका क्रममा दुवै हात गुमाएका नारायणको ढाडको समेत शल्यक्रिया भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि होटल व्यावसायी संघ डोटिका अध्यक्ष दिपक बहादुर खड्काले उपचारका लागि नारायण बचाउ अभियान सुरु गरेका थिए । अभियान सुरु गरेको ३ दिनमै २ लाख ६४ हजार रुपैयाँ संकलन भएको थियो ।
शुक्रबार राति एक्कासि स्वासप्रस्वाशमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको थियो । सानो उमेरमै बुवा गुमाएका नारायणको काँधमा ठुलो जिम्मेवारी थियो । २ बर्ष अगाडि रोजगारीका लागि मलेसिया पुगेका खड्का घटना हुनु केहि दिन अगाडि मात्रै घर फिर्ता भएका थिए । खड्काका आमा , बहिनी, श्रीमती र २ बर्षे छोरा छन् ।