धनगढीमा पत्रकारिता अभिमुखिकरण कार्यक्रम सुरु
धनगढीः धनगढीमा आजदेखि कोभिड–१९ पत्रकारिता अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको संयोजनमा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो। कार्यक्रम आज र भोली गरी दुई दिन चल्ने पत्रकार महासंघ कैलाली शाखाले जनाएको छ।
धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागीता रहेको छ।