डोटीमा तीन छोराछोरी सहित आमाले सेती नदीमा हाम फालिन
डोटीको आदर्श गाउँपालिकाकी एक महिलाले तीन छोराछोरी सहित नदीमा हाम फालेकी छिन्। आदर्श गाउँपालिका वडा नम्बर ४ का बमवहादुर बोहराकी श्रीमती धौली बोहराले तीन छोराछोरी सहित सेती नदीमा हाम फालेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक लालबहादुर धामीले धौलीले २ छोरा र १ छोरीसँगै नदीमा हाम फालेको बताए। नदीमा हाम फाल्नेमा १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीय छोरा सुनिल बोहरा रहेको उनले जानकारी दिए।
घटना श्रावण १ गते भएको भए पनि प्रहरीलाई ढिला गरी जानकारी भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए। उनीहरु मध्ये ६ वर्षीय सुनिल बोहरालाई सेती नदीमा माछा मार्दै गरेको माझी मानबहादुर विकले उद्धार गरेर बचाएको र अन्य तीनजनाको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक धामीले बताए। श्रीमतीले तीन छोराछोरीसहित सेतीमा हामफालेपछि घटनाको अनुसन्धान गर्न श्रीमान बमबहादुर बोहरालाइ नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले बताए।