कैलाली बन्यो नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको दोस्रो जिल्ला
धनगढी : देशका ७७ वटै जिल्लामध्ये सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका जिल्लामा कैलाली दास्रोमा छ। कैलालीमा एकै दिन एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ सय ७४ पुगेको छ। यो संख्या ७७ वटा जिल्लामा रौतहटपछि सबैभन्दा बढि रहेको स्वास्थ्य ता जनसङख्या मन्त्रालयले जनाएको छ।
रौतहटमा १३ सय बढिमा कोरोना पुष्टि भएको छ। कैलालीपछि कर्णालीको दैलेखमा सात सय ८४ संक्रमित छन् भने दुई नम्वर प्रदेशको महोत्तरीमा सात सय २८ संक्रमित रहेका छन्। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगयशालामा गरिएको परीक्षणमा कैलालीमा ४० महिला र एक सय २५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरि धनगढीमा गरिएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो।
यसअघि कैलाली दास्रोमा हुनुपर्नेमा सच्याईएको छ -सम्पादक